२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

गरिबी निवारणका लागि सरकारले परिचयपत्र दिने

२७ माघ, चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएकी छिन । शनिबार भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताइन ।

मन्त्री चौधरीले भनिन् ‘गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ । भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको छ, सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने छ ।’

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार १३:३६