१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री र दुई राज्यमन्त्री

२६ माघ, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले नियुक्तिको चार महिनापछि शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्‌ विस्तार गरेका हुन् ।

नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवाले  स्वास्थ्य, रामकुमार खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालय, इन्दिरा थापा आर्थिक मामिला तथा योजना र सुनिता कुमारी गुरूङले आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीकाे जिम्मेवारी पाएका छन् ।

त्यस्तै, माओवादी केन्द्रका राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाई तथा उर्जामन्त्रीमा नियुक्त गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १८:०७