२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

विमानस्थलका डीआईजी चन्द प्रदेश समन्वय विभागमा सरुवा

२६ माघ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द  सरूवा भएका छन् ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डिआइजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन्। माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भएको थियो।

विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको हातपातको घटनापछि चन्द असन्तुष्ट थिए। यही कारण उनले राजीनामा समेत बुझाएका थिए। यसपछि चन्द अहिले १० दिन बिदामा छन् । त्यहीबीच उनको सरुवा भएको हो । हाल उनी सरूवा भएको प्रदेश समन्वय विभागमा एआइजी सुदीप गिरी प्रमुख छन्।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १७:५५