८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत

२५ माघ, काठमाडाैँ । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज अन्तर्गत बिहीबार  कीर्तिपुरमा भएको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १६:४८