७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

२५ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघिका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले हटाएसँगै अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । डा. श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १६:१६