७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

लाभांश र हकप्रद प्रस्ताव पारित गर्न एसियन लाइफले बोलायो साधारण सभा

२५ माघ, काठमाडौँ।  एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । माघ २४ गते बसेको संचालन समितिको बैठकको निर्णयअनुसार कम्पनीको साधारण सभा फागुन १८ गते होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।

सभाले कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ८ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, फागुन ६ गते (फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सेयर बजार बन्द हुनेछ ) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश  पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १०:२६