१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

बेलकोटगढीमा चालक नहुँदा पनि एम्बुलेन्स नरोकिने, वडा सदस्यलाई चालकको जिम्मा

२४ माघ, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ बाट सञ्चालित हुने एम्बुलेन्स सेवा चालक नहुँदा पनि नरोकिने भएको छ । वडा अध्यक्ष प्रकाशजंग पाण्डेले दैनिकीसँग कुरा गर्दै चालकको अभावमा एम्बुलेन्सले उपलब्ध गराउने सेवा रोकिन नदिने गरी व्यवस्था मिलाएको जानकारी दिए ।

उनले जनताको सेवाका लागि भनेर नै एम्बुलेन्स व्यवस्था गरिएको भन्दै चालक नभएकै कारण सेवामा समस्या नहोस भनेर वडा सदस्यलाई चालकको जिम्मेवारी दिएको बताए । उनले दैनिकीसँग भने, ‘बेलकोटगढी नगरपालिकाबाट सञ्चालित बेलकोट स्वास्थ्य चौकीबाट दिईने एम्बुलेन्स सेवा विशेष कामले एम्बुलेन्स चालक केही दिनको लागि विदामा रहेकाले सेवा प्रवाहमा समस्या नहोस भनेर वडा सदस्य टीकाराम तामाङलाई चालकको जिम्मेवारी दिएको छु ।’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार २०:३६