५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

बरुण हाइड्रोपावरको नोक्सानी ३ करोड ७३ लाख

२४ माघ, काठमाडाैँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २ पैसा रहेको छ। ५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा २ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ११:३१