१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि दर्खास्त आह्वान

२४ माघ, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदपूर्ति समितिले आज माघ २४ गते सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन भनेकाे छ ।

दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवम् दुवै क्षेत्रमा भए मामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने छ ।

यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक-वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएक हुनुपर्नेछ ।

दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपरोक्त कार्यविधिको दफा ९ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) चार प्रति खामबन्दी गरी कम्पनीको कम्पनी सचिव समक्ष पेस गर्नुपर्नेछ

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १०:११