एभरेष्ट बैंक र धनगढी नेत्रालयबिच विशेष छुट प्रदान गर्ने सम्झौता
२३ माघ, काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि.धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारी साे सम्झौतामा हस्ताक्षर गरेकाे हुन् ।
अब बैंकका सम्पूर्ण ग्राहकहरुले नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा उनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मकोविशेष छुटको लाभ लिन सक्नेछन् ।
साे समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदुरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेल र नेत्रालयका अध्यक्ष श्री गजेन्द्र बहादुर चन्दको उपस्थिति रहेको थियो ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको एभरेष्ट बैंकमा हालसम्म १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् भने देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६४ एटिएम विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एस्.एम्.एस् बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १६:२८