१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

७ वाणिज्य बैंकले सेयरधनी बनाए निराश, कृषि विकास बैंकले के गर्ला ?

२३ माघ, काठमाडौँ । नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये हालसम्म १२ बैंकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् भने ७ बैंकले लाभांश नदिने भन्दै लगानीकर्ता निराश बनाएका छन् ।

वाणिज्य बैंकमध्ये अब लाभांश घोषणा गर्न बाँकी कृषि विकास बैंक मात्रै रहेकाे छ ।  कृषि विकास बैंकले पनि लगानीकर्ताका लागि लाभांश वितरण हो कि होइनन्, त्यो भने अझै अनिश्चित छ ।

सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्यले समेत ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।

वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले सेयरधनीलाइ लाभांश दिएका छन् ।

प्राइम, हिमालयन, एनएमबी, कुमारी, नेपाल बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई रित्ताे हात देखाएका छन् । यस बर्ष यी बैंकका लगानी गरेका लगानीकर्ताहरूले कुनै प्रकारकाे लाभांश पाउने छैनन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १२:१४