७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको भाउमा निरन्तर गिरावट, यस्तो छ कारोबार मूल्य

२३ माघ, काठमाडाैँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ११:१८