डिजिटल माध्यमबाट कारोबार गर्दा यी कुरामा ध्यान दिऊ
२३ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा अत्यन्तै सजग भई कारोबार गर्न अनुरोध गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै संवेदनशील विषयमा लापरवाही हुँदा सूचना चुहिने र वित्तीय ठगीमा पर्न सकिने भएकोले अत्यन्तै सजग भई डिजिटल वित्तीय कारोबार गर्ने बानी बसाल्न भनेको छ ।
डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुपर्छः
– डिजिटल वित्तीय कारोबार गर्ने मोबाइल र कम्प्युटरमा अनधिकृत पहुँच रोक्न अनिवार्य रुपमा पासवर्ड वा पिनले लक गर्ने
-डिजिटल वित्तीय सेवासँग सम्बन्धित लगइन आईडी, युजरनेम, पासवर्ड, पिनजस्ता व्यक्तिगत विवरण कसैलाई नदिने
-इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट, बैंकमा रजिस्टर गरिएका ई–मेलका साथै आफ्ना डिभाइसमा लामो समयसम्म एउटै पासवर्ड/पिन प्रयोग नगरी पासवर्ड/पिनहरु समय–समयमा परिवर्तन गरिरहने
-अरुले अनुमान गर्नसक्ने किसिमका सामान्य पासवर्ड प्रयोग नगर्ने
-सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट प्राप्त मेसेजको भरमा वित्तीय कारोबार नगर्ने, कारोबार गर्नुअघि सम्पूर्ण विवरण यकिन गर्ने
– आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एपको मात्र प्रयोग गर्ने।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ११:०४












