७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

नेशनल लाइफ इन्स्योरेन्सको नाफा १६.९१ प्रतिशतले बढ्यो

२३ माघ, काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।

समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ अर्ब ६९करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। याे अवधिमा कम्पनीले २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ। यो गत वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ८२ लाख ४८ हजार खुद मुनाफा आर्जन गरेकाे थियाे । कम्पनीकाे चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ  रहेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २८ पैसा बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ। भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १०:३६