१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

नेशनल लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२३ माघ, काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

माघ २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १०:०८