७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

रिलायबल नेपाल लाइफको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी भने घट्यो

२३ माघ, काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सले लगानी तथा कर्जाबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ५५.१५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४१ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

खुद बिमा शुल्क आर्जन १.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । याे अवधिमा कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । नाफा बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १७ पैसा घटेर ११ रुपैयाँ ५५ पैसामा झरेको छ। भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०९:२५