१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यकः सभामुख घिमिरे

२२ माघ, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरु पारित गर्ने विश्वास व्यक्त गरे।

सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र जवाफदेहीता अपनाउँदै संसद् गतिविधि र अभ्यासलाई परिणामुखी एवं उन्नत बनाउन आग्रह गरे । यस अघिवेशनदेखि कार्यतालिका लागु गरी नयाँ अभ्यास सुरु गरिएको उनले बैठकलाई जानकारी गराए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १७:३०