सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, सेयरधनीलाई छैन बोनस
२२ माघ, काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष२०७९/८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको कर प्रयोजनसहित ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी रु. २ अर्व ८० करोड ६५ लाख ४९ हजार ९ सयको ११ प्रतिशतले हुन आउने रकम रु.३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैया (नगद लाभांसमा लाग्ने कर समेत ) नगद लाभांस प्रस्ताव वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १०:२८