एशियन लाइफले घोषणा गर्यो लाभांश, हकप्रद पनि निष्काशन गर्ने
२१ माघ, काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै, कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ । यही चुक्तापूँजीको ४२ प्रतिशत अर्थात (१:०४२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १३:११