एक इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२१ माघ, काठमाडाैँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात माघ २२ गते बुकक्लोज गर्ने भएको छ । यसकाे अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५४०१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ।
सोही प्रस्तावसहित कम्पनीले फागुन ६ गते, आइतबार, अनमोल ब्याङ्कवेट, शंखमुल, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
प्रकाशित मिति : २१ माघ २०८०, आईतवार ०९:५९