१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

काँग्रेस महामन्त्री कोइरालाबाटै नेविसंघको कार्यकाल २ महिना थप्ने निर्णयको विरोध

२ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यकाल २ महिना थप्ने निर्णयको विरोध गरेका छन् । महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन असम्भव भन्दै पार्टी केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकको निर्णयको विरोध गरेका हुन् ।

अाज काठमाडौँमा आयोजित एक कार्यक्रममा कोइरालाले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछि सार्ने पक्षमा रहेको बताए ।आइतबार साँझ बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना थप गर्ने प्रस्ताव बहुमतले पारित गरेकाे थियो । तर महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेकाे सभापति देउवालाई बताएका थिए । महामन्त्री कोइरालाले आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा बहिष्कार गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार १६:५५