नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली
१९ माघ, काठमााडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो।
सञ्चालक समितिको बैठकले २०७९-८० को लेखापरीक्षण भई प्राप्त वासलात, २०८० असार मसान्तसम्मको नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी बैंकको ३७ औं साधारणसभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न नेपाल राष्ट्रबैंकको अनुमतिका लागि पेश गर्ने गरी वित्तीय विवरणहरु स्वीकृत समेत गरेको छ । यस वर्ष बैंकका सेयरधनीकाे हात खालि हुने भएकाे छ।
प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १३:१५