१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

हृदयाघातका कारण एक छात्रको मृत्यु


१ चैत, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्रको हृदयाघातबाट मृत्यू भएको छ ।

यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका छात्रको हृदयघातका कारण आज मृत्यु भएको हो ।

बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका१७ वर्षीय रोशन दनुवारको बेहोस भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १७:५९