१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कर्मचारीविरूद्ध सर्वोच्च पुगेको छिमेकको छलछाम समाप्त, रामप्रसादले न्याय पाए

२०७५ वैशाख ९ गते ।  १७ वर्षदेखि छिमेक लघुबित्त बित्तिय संस्थामा कार्यरत रहेका आफ्ना कर्मचारी निष्कासन गरेर उल्टै सर्वोच्च अदालतमा मुद्दा हाल्न पुगेको छिमेकको छलछाम सर्वोच्चले समाप्त पारिदिएको छ । छिमेकले ६ वर्षअघि निष्काष्न गरेका कर्मचारी वरिष्ठ इकाइ प्रबन्धक रामप्रसाद ओलीले सर्वोच्च अदालतबाट न्याय पाएका छन । उनले २०७६ सालमा नै श्रम अदालतबाट न्याय पाएका थिए । तर छिमेक लघुवित्त वित्तिय संस्थामा कार्यरत तत्कालीन प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी ओलीको पुनर्वाहालीको साटो उल्टै सर्वोच्च अदालत पुगेका थिए ।

चार वर्ष पुरानो मुद्दामा अन्तिम सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदातलका न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई सारंगा सुवेदीको इजलाशले रामप्रसादलाई न्याय दिएको हो । बुधबारको इजलाशले श्रम अदालतको २०७६ को फैसला सदर गर्दै ओलीलाई पुनर्वहाली गरेर अहिलेसम्मको तलब भत्ता समेत सम्पूर्ण उपलब्ध गराउन आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै रामप्रसादले ६ वर्षको तलब भत्तासहित जागिरमा पुर्नवबाहलीको अवसर पाउने भएका छन ।

सर्वोच्चको आदेशपछि जोशीबाट पीडित बनेका ओलीले अदालतले आफ्नो श्रमअधिकारको सम्मान गर्दै फैसला गरेको भन्दै खुशी व्यक्ति गरे । वरिष्ठ इकाइ प्रबन्धक ओलीलाई स्पष्टिकरणको मौका समेत नदिइ तत्कालीन प्रमुख कार्यकारी अधिकृत जोशीले २०७५ वैशाख ९ गते बर्खास्त गरेका थिए । जोशी परिवारको कब्जामा रहेको लघुबित्तमा थुप्रै बित्तिय अपराध भए पनि सम्बन्धित सरोकारवाला र नियामक निकायले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

छिमेकमा तत्कालीन कार्यकारी जोशीको परिवारको हालिमुहालीले झण्डै ८ करोड रूपैयाँ एउटा गैर सरकारी संस्थामा स्थानान्तरण गरेर भ्रष्टाचार गरेका थिए । नेपाल राष्ट्र बैंकको भाषामा भन्दा संस्थागत सुशासनको अभाव रहेको संस्थामा प्रमुख कार्यकारी अधिकृतले आफ्नै परिवारका सदस्यको गैरसरकारी संस्थामा रकम हस्तान्तरण गरेको पाइएको थियो । विपन्न ऋणीसँग एक दशकअघिदेखि ऋणी र पशुधन सुरक्षण कोषका नाममा उठाएको रकम दुरूपयोग हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्,

जाेशी परिवारकाे हालीमुहाली रहेकाे छिमेक लघुवित्तबाट लगानिकर्ता फेरि ठगिए

छिमेक लघुवित्तको ठगीविरूद्ध धितोपत्र बोर्डमा उजुरी

छिमेक लघुवित्तमा जोशी परिवारको हालिमुहाली, कराेडाैँ रकम गैरसरकारी संस्थामा सारी भ्रष्टाचार

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार २१:५२