बैंकहरुको निक्षेपको आकार ६१ खर्ब नाघ्यो, एकैदिन सङ्कलन गरे २ अर्ब
१७ माघ, काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाहरूद्वारा सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब नाघेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन अर्थात माघ १३ गतेसम्म बैंकहरुबाट सङ्कलित निक्षेप ६१ खर्ब ३४ अर्ब रुपैयाँ थियो । । यसरी एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थामा २ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हाे ।
माघ १४ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २९ अर्ब रहेको छ । माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन ५४ खर्ब २७ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरुको एक दिनको अवधिमा २ अर्ब रुपैयाँले निक्षेप सङ्कलन बढेको छ ।
एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा ३ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार माघ १३ गतेसम्म ५० खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकाे मा १४ गते बैंक तथा वित्तीय संस्थाहरुबाट ५० खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
माघ १३ गतेसम्म ४४ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले माघ १४ गते ४४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । माघ १४ गतेसम्म कर्जा–निक्षेप अनुपात ८०.४८ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १६:२२












