२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

कांग्रेसका नेता एवम् बागमतीका पूर्वमन्त्री बलराम पौडेलको निधन

१७ माघ, काठमाडौँ । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ। नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका पौडेलको बुधबार दुर्घटनामा परेर निधन भएको हो।

उनी सवार मोटरसाइकललाई नवरपुरस्थित गैंडाकोटमा बसले ठक्कर दिएको थियो।  पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई पोखराबाट गैंडाकोटतर्फ गइरहेको ग १ ख ८५४७ नम्बरको गाडीले ठक्कर दिएको थियो। बसको ठक्करबाट पौडेलको घटनास्थलमानै मत्यु भएको हो ।

पौडेलको शव भरतपुर जिल्ला अस्पतालमा राखिएको छ।  ६६ वर्षिय पौडेल बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १५:५७