२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

एमाले नेता नेम्बाङ अस्वस्थ, उपचारका लागि काठमाडौँ ल्याइदै

१७ माघ, काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिँदै छ । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ पुगेका उनी अचानक बिरामी परेका हुन् ।

नेम्बाङ आज बिहान फिदिमबाट ताप्लेजुङ पुग्नु भएको हो । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ पुगेका थिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १४:३२