७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

निरन्तर बढ्दै सुनको भाउ, प्रतितोला यस्तो छ मूल्य

१७ माघ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ  । आज बुधबार पनि सुनको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो कारोबारको दिन मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो । आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ११:२८