१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले लिए पद तथा गोपनियताको सपथ

१ चैत, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज पद तथा गोपनियताको सपथ लिएका छन । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय सभाको अन्तरिम कार्यविधि २०७४ को दफा ८ को अनुसूचि–२ बमोजिम तिमिल्सिनाले सपथ लिएका हुन ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कायममुकायम प्रधानन्यायाधिश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, महान्यायाधीवक्ता, राष्ट्रिय सभाका सदस्यहरु लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १७:१८