८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

बैंकिङ प्रणालीमा थुप्रिदै पैसा, आज पनि बजारबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक

१७ माघ, काठमाडौँ । बैंकिङ प्रणालीमा पैसा थुप्रदै गएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने  भएको छ । केन्द्रीय बैंकले बजारमा भएको तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज  माघ १७ गते ३० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी माघ २४ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

 बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । मंगलबार मात्रै केन्द्रीय बैंकले बजारबाट २० अर्ब रुपैयाँ तानेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १०:१५