२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

१६ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री तामाङलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १७:१४