१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

स्वरोजगार लघुवित्तले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस र नगद

१६ माघ, काठमाडाैँ । स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १०:२१