७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

१६ माघ, काठमाडाैँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बिक्रीमा राखिएकाे सेयर  खरिदका लागि विद्यमान संस्थापक, नेपाली नागरिक तथा अन्य संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरकाे न्यूनतम मूल्य २८० तोकिएको छ ।

साे सेयर खरिद गर्न इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ । इच्छुक आवेदकले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको काठमाडाैँकाे थापागाँउमा रहेको कार्यालयमा आवेदन आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ०९:३७