७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सोमबार बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

१५ माघ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १०:५७