७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

एशियन लाइफले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस र नगद

१४ मंसिर, काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ७.७५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले कुल २५ करोड ७४ लाख ६ हजार ९५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड ५३ लाख रहेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १२:४७