१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

छुट्ला है ! रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ माघ, काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते आइतबार अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली माघ १५ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले माघ २९ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ०९:३०