८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

नेपाल १९ वर्षमुनिकाे आईसीसी विश्वकप क्रिकेटकाे ‘सुपर सिक्स’मा

१२ माघ, काठमाडाैँ । नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे ‘सुपर सिक्स’मा पुगेकाे छ । अफगानिस्तानलाई हराउँदै शुक्रबार नेपालले सुप्पर सिक्समा स्थान बनाउन सफल भएको हो ।

दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्यो। नेपालले अफगानिस्तानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य ४४ ओभर ४ बलमामा ९ विकेट गुमाउँदै भेट्यो ।

नेपालका लागि कप्तान देव खनालले अर्धशतक बनाए । उनले ८९ बलमा ५८ रन बनाए । यस्तै दीपक बोहराले २७ रन जोडे । अफगानिस्तानका फरिदून दाउदजाईले ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयाे ।  नेपालका आकाश चन्दले ५ विकेट लिए । अफगानिस्तानका माेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालसँगै समुह डीबाट पाकिस्तान र न्युजिल्यान्ड पनि ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार २१:३४