नेविसंघको म्याद २ महिना थपियाे, असन्तुष्टी जनाउँदै सिटौला र केसीले गरे बैठक बहिस्कार
२ मंसिर, काठमाडौँ । नेविसंघको म्याद २ महिना थप गर्न सभापति देउवाले गरेकाे प्रस्ताव पारित भएकाे छ । केन्द्रीय समिति बैठकले बहुमतका अाधारमा नेविसंघको पदावधि थप गर्ने निर्णय गरेको एक नेताले बताए ।
उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सहमहामन्त्री अर्जुननरसिहं केसीले बैठक बहिष्कार गरेका छन् । २ महिनामा महाधिवेशन हुन नसक्ने भन्दै संस्थापन समूहले भने असन्तुष्टि जनाएको छ। फेरि पनि महाधिवेशन हुन नसक्ने भन्दै पदावधि थप्ने नै भए ६ महिना थप गर्न संस्थापन समूहले माग गरेको थियो ।
यसअघि ३ महिना थपिएको नेविसंघको पदावधि अाज सकिएको थियो।
प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार २१:४०