१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सपोर्ट लघुवित्तको मुनाफा २४६.८२ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

१२ माघ, काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनसक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको खुद नाफा २४६.८२ प्रतिशतले बढेकाे छ ।

समीक्षा अवधिसम्म कम्पनीले ८६ लाख ४२ हजार खुद मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २४६.८२ प्रतिशतले धेरै हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले २४ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

यस्तै, कम्पनीको सञ्चालन मुनाफा ११३.८३ प्रतिशतले बढेर ७२ लाख ०४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३३ लाख ६९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको खराब कर्जा १.९९ प्रतिशतले घटेर १.५४ प्रतिशतमा आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ११:१५