२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

१२ माघ, काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । काठमाडौँमा यो यस वर्षको सबैभन्दा कम तापक्रम मापन गरिएको हो

यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३।२ डिग्री सेल्सियस मापन भएको थियो । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १०:०४