१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

नेविसंघको म्याद २ महिना थप गर्न सभापति देउवाको प्रस्ताव

२ मंसिर, काठमाडौँ । नेविसंघको म्याद २ महिना थप गर्न सभापति देउवाले प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ वर्तमान कार्यसमितिको म्याद २ महिना थप्न पार्टी सभापति शेरबहादुर देउवाले प्रस्ताव पेश गरेका हुन् ।

यसअघि केन्द्रीय सदस्य गुरु घिमिरेले नेविसंघले सिफारिस गरेको विधान प्रस्तुत गरेका थिए । यसअघि २ वर्षमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार ३ महिना म्याद थपिएको थियो । तर थप गरिएकाे उक्त समयमा पनि महाधिवेशन हुन नसकेकाे हाे ।

 

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १९:३३