तत्काल पार्टी एकता गर्न राप्रपाका नेताहरुले दिए दबाब (विज्ञप्तिसहित)
२ मंसिर, काठमाडौँ । तत्काल पार्टी एकता गर्न राप्रपाका नेताहरुले पार्टी नेतृत्वलाई दबाब दिएका छन् । एकता प्रक्रियामा रहेका तीन राप्रपाका नेताहरुले तत्काल पार्टी एकता गर्न दबाब दिँदै आज एक विज्ञप्ति जारी गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबराको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) का नेताहरुले नेतृत्वलाई तत्काल पार्टी एकता गर्न दबाव दिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध विभिन्न तह र तप्कामा कार्यरत नेता तथा कार्यकर्ताहरु बृहत र व्यापक पार्टी एकताको पक्षमा दृढ रहेको दाबी उनीहरुले गरेका छन् । राप्रपाले आफ्नो स्थापनाकाल देखिनै संवैधानिक राजसंस्था, सनातन हिन्द, राष्ट्रिय एकता तथा अखण्डतामा लगायत अन्य राजनीतिक विचारधारा र दर्शनमा अटुट आस्था र विश्वास राख्दै आइरहेको कुरा सर्वविदितै रहेकाे र यो मान्यता नै तीनवटा राप्रपा र समान विचारधारा राख्ने अन्य व्यक्ति, शक्ति र समूहहरु बीचको भावी एकताको आधार हुनेकुरा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
यस्ताे छ विज्ञप्ति
प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १८:१६