१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

स्वाभिमान लघुवित्तले लाभांश नबाँड्ने, सेयरधनीको हात खाली

१० माघ, काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोही अनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ११:०९