३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

निफ्राको १२ करोड ९६ लाख कित्ता सेयरको लक इन फागुन २३ गते समाप्त हुँदै

१० माघ, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन समयावधि फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले एक सूचना प्रकाशित गर्दै आगामी फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी सेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : 10:50