७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

१० माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिदबिक्री मूल्य बढेको छ । आज एक डलरको खरिदमूल्य १३२.७५ र बिक्रीमूल्य १३३.३५ पुगेको छ ।

त्यसैगरी युरोको मूल्य भने घटेको छ । बुधबार एक युरोको खरिदमूल्य १४४.२१ र बिक्रीमूल्य १४४.८६ पुगेको छ । मंगलबार एक युरोको खरिदमूल्य १४४.३३ र बिक्रीदर १४४.९९ कायम भएको थियो ।

त्यसैगरी अस्ट्रेलियन एक डलरको खरिदमूल्य ८७.३२ र बिक्रीमूल्य ८७.७१ रुपैयाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमूल्य ९८.४८ र बिक्रीमूल्य ९८.९२ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिदमूल्य ३६.४१ र बिक्रीमूल्य ३६.५८ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १०:११