२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गभर्नर अधिकारीविरुद्ध परेको रिट आज हेर्न नभ्याइनेमा, अब माघ १४ गते सुनुवाइ हुने

९ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अदालतमा दायर भएको रिट निवेदनको सुनुवाइ आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

यस अघि पुस १३ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो । आज सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको भए पनि मुद्दा हेर्न नभ्याइनेको सूचीमा पर्दै अर्को सुनुवाइको मिति तोकिएको हो ।

अब सो रिट निवेदनको माघ १४ गते पूर्णसुनुवाइ हुने भएको छ । गत पुस १३ गते माथेमाको इजलासले यो रिटमाथि पूर्ण सुनुवाइबाट निर्णय हुनु पर्ने देखिने आदेश गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १७:५६