२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

न्युरोडको सडकमा पार्किङ निषेध, विरोधमा व्यवसायीले गरे सटर बन्द

९ माघ, काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ । मंगलबार बिहानदेखि महानगरले सडकमा पार्किङ भएका सवारीलाई उठाएको छ भने सडक छेउमा पार्किङ निषेध गरेको छ ।

न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि व्यवसायीले विरोध जनाएका हुन्। पार्किङ नदिएको भन्दै व्यवसायीहरुले सटर बन्द गरेर विरोध जनाएका छन् ।

पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन्। पार्किङ निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ’ का संकेत चिह्न राखिएका छन् । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १३:१३