१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णालीमा शाखा स्तरीय अर्धवार्षिक समीक्षा आयोजना

८ माघ, काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखा कार्यालयहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक, सीईओलगायतका उच्चतहका कर्मचारीको उपस्थिति थियो । कम्पनीका अनुसार माघ ६ गते बुटवलमा र माघ ७ गते सुर्खेतमा कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १४:३१