२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

८ माघ, काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरिदिएको छ ।

गत पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए । मरासिनीको रिटमाथि सुनुवाइ गर्दै आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १०:०९