२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अब भिसा नवीकरणका लागि अध्यागमन विभागमा लाम बस्नु नपर्ने, चाँडै ई-भिसा लागू गरिने

७ माघ, काठमाडौँ । भिसा नवीकरण, स्थानन्तरण र पदयात्रा अनुमतिको लागि अध्यागमन विभागमा लाम लाग्नु नपर्ने भएको छ । अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङले अफिस अटोमेसन र अनलाइन पेमेन्टको काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन ।

महानिर्देशक तामाङले यही माघ २ गतेदेखि शुरु भएको अफिस अटोमेसन र अनलाइन पेमेन्टको पहिलो चरण सफल भएर अब अध्यागमन विभाग पूर्ण रूपमा अटोमेसनमा गएको बताए । उनले दोस्रो चरणमा आइतबार नेपाल भित्र भिसा शुल्क अनलाइनबाट भुक्तानी भएर भिसा जारी भएको जानकारी दिए ।

महानिर्देशक तामाङले अध्यागमन विभागमा जर्मन नागरिक याङ्की ग्रपले मोबाइल बैंकिङ मार्फत भिसा शुल्क भुक्तानी गरेर १५ दिनका लागि भिसा लिएकी हुन । योसँगै अब नेपालभित्र भिसा नवीकरण, स्थानन्तरण र पदयात्रा अनुमतिको लागि अध्यागमन विभागमा पुगेर लाम लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अध्यागमन विभागले आइतबार राहदानी विभागका महानिर्देशक, निर्देशक, आइटी शाखा प्रमुख, अधिकृत कर्मचारीहरु र कन्सुलर सेवा विभागका महानिर्देशक, निर्देशक, आइटी शाखा प्रमुख, अधिकृत कर्मचारीहरुसँग  एकीकृत सूचना आदन प्रदान तथा सेवा प्रवाह सम्बन्धी छलफल भएको महानिर्देशक तामाङले बताएका छन ।

महानिर्देशक तामाङले अर्को हप्ताबाट कुटनैतिक भिसा सम्बन्धी कार्य कन्सुलर सेवा विभागबाट सेवा प्रवाह हुने जानकारी दिँदै चाँडै ई-भिसा जारी गर्ने र सोही अनुसार लागू गर्ने बाटोमा अघि बढेको जानकारी दिए । तामाङले महानिर्देशक भएदेखि नै नेपालको अध्यागमन प्रणाली सुधारका निम्ति काम गरिरहेका छन ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार २१:१३